शीर्षकहरू

ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर प्रतिकित्ता ५०० मै विक्रीमा

ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर प्रतिकित्ता ५०० मै विक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले चन्दन काकीको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । प्रतिकित्ता ५०० रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरामा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।