शीर्षकहरू

नबिल ब्यालेन्सड् फण्ड २ को प्रति इकाई मूल्य बैशाखको तुलनामा जेठमा वृद्धि

नबिल ब्यालेन्सड् फण्ड २ को प्रति इकाई मूल्य बैशाखको तुलनामा जेठमा वृद्धि

काठमाडौं । नबिल ब्यालेन्सड् फण्ड २ को प्रति इकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तसम्म १० रूपैयाँ २१ पैसा कायम भएको छ । वैशाख मसान्तसम्म ९ रूपैयाँ ९३ पैसा रहेको योजनाका प्रति इकाई खुद सम्पत्ति मूल्य जेठमा भने बढेको हो । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस योजनाले जेठ मसान्तसम्म गरेको कुल लगानीको मूल्य १ अर्ब ७ करोड ४८ लाख रूपैयाँभन्दा बढी रहेको छ । बैंक मुद्दती निक्षेपमा योजनाले लगानी गरेको देखिएको छैन् ।

 धितोपत्रमा लगानी गर्ने मुख्य उदेश्य सहित सञ्चालित यस योजनाले जेठ मसान्तसम्म योजनाले धितोपत्रमा गरेको योजनाको परलमूल्य १ अर्ब २५ करोड ६६ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्यको तुलनामा बजारमूल्य भने कम रहेको हो ।

जेठ मसान्तसम्म योजनाले १ करोड ९३ लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ । वैशाख मसान्तसम्म १ करोड २२ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजनाले जेठमा भने नोक्सानी सुधार्दै नाफा गर्न सफल भएको हो ।

योजनाले वैशाख मसान्तसम्म ५० लाख रूपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको योजनाले जेठ मसान्तसम्म ३ करोड ८४ लाख रूपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको हो । यो महिना योजनाले धितोपत्र विक्रीबाट बढी आम्दानी गरेको देखिन्छ । 

वैशाख मसान्तसम्म ३ करोड ५५ लाख रूपैयाँभन्दा बढी धितोपत्र विक्रीबाट आम्दानी गरेको योजनाले जेठ मसान्तसम्म ३ करोड ७९ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ११ करोड २० लाख इकाई जारी गरेको थियो ।