काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक घटेको छ । आज ८.२४ अंकले घटेर नेप्से परिसूचक दुई हजार ५१.९२ अंकमा खुम्चिएको छ ।
साताको पहिलो कारोबार दिन घटेर त्यसपछिका दुई दिन सामान्य अंकले बढेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको थियो ।
यस्तै आज पनि नेप्सेसँगै कारोबार रकममा समेत ह्रास आएको छ । सोमबार ५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा त्यसयता निरन्तर घट्दै गएको कारोबार आज ३ अर्ब ७१ करोड ५९ लाखमा सीमित भयो ।
आज १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक भने वृद्धि भएको छ ।