शीर्षकहरू

शेयरधनीलाई लाभांश रकम बुझिलिन सानिमा माई हाड्रोपावरको अनुरोध

शेयरधनीलाई लाभांश रकम बुझिलिन सानिमा माई हाड्रोपावरको अनुरोध

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश रकम बुझिलिन बाँकी शेयरधनीलाई लिन अनरोध गरेको छ । कम्पनीको विभिन्न साधारण सभाहरूबाट पारित लाभांश रकम सम्बन्धीत शेयरधनी वा नीजको हकवालाले बुझी नलिएको तथा हकदावी समेत नपरेकाले पारित भए बमोजिम उक्त लाभांश बुझ्न शेयरधनीहरूलाई यथाशीघ्र आग्रह गरेको हो ।

त्यस्तै, सम्बन्धित शेयरधनीहरूले काठमाडौंको नक्सालस्थित कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश रकम बुझिलिन सक्नेछन् । हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरूले यथाशीघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न आग्रह गरेको छ ।

साथै अझैसम्म पनि हितग्राही खाता नखोलेका शेयरधनीहरूलाई तुरून्त खाता खोली बैंक खाता नम्बर अद्यावधिक गराई लाभांश रकम बुझिलिन समेत कम्पनीले अनुरोध गरेको छ । तोकिएको म्यादभित्र शेयरधनीहरूले लाभांश बुझि नलिएमा सम्बन्धित शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएको छ ।