काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले शेयरधनीलाई पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकको विभिन्न साधारणसभाले पारित गरेको नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरूलाई यथाशीघ्र बुझिलिन आग्रह गरेको हो ।
साविक रेसुङ्गा विकास बैंक र पूर्णिमा विकास बैंक समेतका शेयरधनीहरूलाई साउन २० गतेभित्र बैंकको केन्द्रीय तथा शाखा कार्यालय वा शेयर रजिष्ट्रार एनआइएमबी एस क्यापिटल लिमिटेडको केन्द्रीय वा शाखा कार्यालयमा सम्पर्क गरी नगद लाभांश प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
तोकिएको म्यादभित्र पनि शेयरधनीहरूले आफ्नो नगद लाभांश बुझिनलिएमा सम्बन्धित शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख गरिएको छ । शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।