शीर्षकहरू

धनुषामा खुल्यो जैविक मल उद्योग

धनुषामा खुल्यो जैविक मल उद्योग

काठमाडौं । आरोह फर्टिलाइजर्सले धनुषामा रासायनिक मलको विकल्पमा जैविक मल उत्पादन सुरु गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीले ६ प्रकारका तरल, ४ प्रकारका दानादार तथा पाउडर र दुई प्रकारका किटनाक मल उत्पादन सुरु गरेको जानकारी दिएको छ ।

आरोह फर्टिलाइजरका अध्यक्ष शैलेन्द्र शमशेर राणाले यो फाइजर, अल्टो नोड केयर, बायो पोटास, बायो एनपीके, बायो पीएसबी र जेडएन बुस्ट तरल मल उत्पादन सुरु भएको जानकारी दिए । यस्तै बायो अर्गानिक, पीआरओएस, पोटास र कम्पोस्ट जस्ता दानादार तथा पाउडर तथा बायोभिरया र ट्रिको केयर किटनाशक मल पनि उत्पादन कम्पनीले गरिरहेको उनले बताए ।

कम्पनीले कुल २८ करोड लागतमा धनुषाामा साढे तीन बिघा जमिनमा मल उत्पादन सुरु गरेको हो । रासायनिक मलले माटोको उर्वर शक्ति घटाएको भन्दै उनले यस जैविक मलले भने उर्वर शक्ति बढाउने र माटोको गुमेको गुणस्तरलाई पनि सुधार गर्ने बताए । प्राकृतिक वस्तुबाट मल तयार गरिने हुँदा यसले कुनै हानी नगर्ने उनको भनाइ थियो ।

सरकारले अनुदान दिए प्रतिकिलो ८ रुपैयाँमा नै मल किसानसम्म पुर्‍याउने आफूहरूको लक्ष्य रहेको अध्यक्ष राणाले बताए ।