शीर्षकहरू

दुई वाणिज्य बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

दुई वाणिज्य बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सोमवार दुई वाणिज्य बैंकहरूले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । एनएमबि बैंक लिमिटेडले २२ हजार ७२७ कित्ता र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १३ हजार ६२९ दशमलव २३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको हो । 

यसअघि सिटिजन्स बैंकले विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र यी शेयर विक्री खुला गरेको थियो । सो अवधिमा विक्री हुन नसकेपछि कम्पनीले सर्वसाधारणमा यी शेयर विक्री गर्न लागेको हो । सिटिजन्स बैंकको शेयर खरीदका लागि बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । सिटिजन्स बैंकले प्रतिकित्ता शेयरको मूल्य १०३ रूपैयाँ तोकेको छ ।

एनएमबि बैंकको शेयर खरीदका लागि असार २३ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । एनएमबि बैंकले शेयरको मूल्य प्रतिकित्ता १२० रूपैयाँ तोकेको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

एनएमबि बैंकको संस्थापक शेयर खरीदका लागि प्राप्त बोलपत्र असार २४ गते विहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम तय भएको छ ।