शीर्षकहरू

महिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता सात सय पर्ने

महिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता सात सय पर्ने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । असार १७ गतेदेखि साउन ८ गतेसम्म आवेदन पेश गर्न सकिने गरी कम्पनीले यी शेयर बिक्रीमा ल्याएको हो ।

प्रतिकित्ता ७०० रूपैयाँ तोकिएको यी शेयर खरिदका लागि संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन पेश गर्न सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी तोकिएको अवधिभित्र कम्पनीको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय ठमेल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । 

आवेदन पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र साउन ९ गते अपरान्ह ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम तय भइसकेको छ ।