शीर्षकहरू

दुई सयले बढ्यो सुनको मूल्य

दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । प्रतितोला एक लाख ४२ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज दुई सय रुपैयाँले बढेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४२ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँ रहेको छ ।                                          

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।