शीर्षकहरू

प्रोग्रेसिभ फाइनान्सको २ लाख कित्ता शेयर बिक्रीमा

प्रोग्रेसिभ फाइनान्सको २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले २ लाख १ हजार ८६७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । असार १७ गते कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक खरिदकर्ताहरूले आगामी ३५ दिनभित्र यी शेयर खरिदका लागि आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय तीनकुने, काठमाडौंमा पेश गर्नुपर्नेछ ।  

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर बिक्री हुन नसकेमा अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।