शीर्षकहरू

नक्कली मूर्ति देखाई ठगी, १४ लाख नगदसहित पाँच जना पक्राउ

नक्कली मूर्ति देखाई ठगी, १४ लाख नगदसहित पाँच जना पक्राउ

काठमाडौं । नक्कली सुनको मूर्ति देखाएर ठगी गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली सुनको मूर्ति र १४ लाख रकमसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा एक जना भारतीय रहेका छन् । भारतको उडिशा राज्य केन्द्र कडा घर भई हाल कमलपोखरी बस्ने ४० वर्षे कलाकार दास रहेका छन् । 

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ विष्ट गाउँ घर भइ खहरेमा सोफा पसल गर्ने दिनेश न्यौपानेलाई कलाकार दासले नक्कली सुनको मूर्ति देखाइ नगद ३० लाख ठगी गरेको पाइएको छ । यस कार्यमा संलग्न थप चार जना नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा म्याग्दी घर भई हाल ललितपुरको धोबीघाट बस्ने ६४ वर्षे क्षेत्र बहादुर शाही, धादिङ नीलकण्ठ घर भई डल्लु बस्ने ३८ वर्षे दीपक थापा, दाङ घर भई लाजिम्पाट बस्ने ३५ वर्षे वसन्त चौधरी र चौमती घर भएका ५५ वर्षे रविन महर्जन रहका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।