शीर्षकहरू

प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने

प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेले पुँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एनआईसी एसिया क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

असार १७ गते कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले विक्री प्रबन्धक नियुक्ति सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यस कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ कायम गर्नुपर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड १४ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । 

यस वर्ष कम्पनीले गत असार मसान्तसम्म कायम चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँको आधारमा ६ करोड ५३ लाख ६५ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणको प्रस्ताव गत वैशाख २० गते पारित गरेको थियो । कम्पनीले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको ८३ लाख ५० हजार १३५ दशमलव ४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।