काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबारको कारोबार सुरुवातदेखि नै उछाल आइरहेको छ । कारोबार सुरु भएको एक् मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको नेप्सेमा पुनः दोस्रो सर्किट लागेको हो ।
नेपाली कांग्रेस र एमालेको नयाँ सरकार बन्ने सहमति भएको छ । गएराति दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची (एजेण्डा)सहित सहमतिको नयाँ सरकार बनाउन सहमति भएको हो । नयाँ सरकारमा विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चाका कारण नेप्सेमा उछाल आएको देखिन्छ ।
आजको कारोबारको ११ बजेर १ मिनेटमा ४.०१ प्रतिशतले बढेर पहिलो सर्किट लागेको नेप्सेमा पुनः ११ बजेर २१ मिनेटमा दोस्रो सर्किट ब्रेक लागेको छ ।
हालसम्मको कारोबारमा नेप्से १०२.६८ अंकले बढेर २ हजार एक सय ५६ विन्दुमा पुगेको छ । त्यस्तै, यस अवधिमा १४ करोड रुपैयाँभन्दा बढिको कारोबार भएको छ । २३२ वटा कम्पनीको शेयर बढ्दा घट्नको संख्या शुन्य रहेको छ ।