शीर्षकहरू

केही प्रदेशमा भारी वर्षाको सम्भावना

केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं ।  आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागम मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको र देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । 

अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । साथै, सबै प्रदेशका थोरै स्थानमा भारी वषाको पूर्वानुमान गरिएको छ । आज दिनभर काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यम वर्षा भएको छ । बुधबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षा हुनेछ । 

महाशाखाका अनुसार काठमाडौँमा ३२ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी जनकपुरमा एक सय २७ मिलिमिटर वर्षा भएको छ । यस्तै धनगढीमा ९७, पोखरामा ९३ र भैरहवामा ८८ मिलिमिटर वर्षा मापन गरिएको छ ।