शीर्षकहरू

एक महिनामै हरित करबाट २० करोड संकलन

एक महिनामै हरित करबाट २० करोड संकलन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत् लगाइएको हरित करमार्फत् नेपाल आयल निगमले एक महिनामै २० करोड रुपैयाँ संकलन गरेको छ ।

गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटमा पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित करको व्यवस्था गरिएको थियो । उक्त व्यवस्थाअनुसार पेट्रोल र डिजेलमा समान प्रतिलिटर एक रूपैयाँ कर लगाइएकोमा सोही दिनदेखि निगमले कर उठाउन सुरु गरेको थियो ।

उक्त करबाट एक महिनामा २० करोड संकलन भएको निगमले जनाएको छ ।

बजेटमार्फत् कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित करको व्यवस्था गरिएको थियो । जसअनुसार  कोइला र कोइलाबाट उत्पादित वस्तु, कोक र विभिन्न तेलहरूमा ५०/५० पैसा तथा डिजेल र पेट्रोलमा १/१ रुपैयाँ हरित कर लाग्दै आएको छ ।