शीर्षकहरू

चार सयले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

चार सयले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य आज चार सय रुपैयाँले बढेको हो ।     

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४२ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँ रहेको छ ।                                           

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ८२५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।