शीर्षकहरू

नेप्समा ३.७९ अंकको वृद्धि, ५ अर्ब ८ करोडको कारोबार

नेप्समा ३.७९ अंकको वृद्धि, ५ अर्ब ८ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३.७९ अंकले बढेर दुई हजार एक सय दशमलब ४ दशमलब २२ विन्दुमा बन्द भएको हो ।   

नेप्सेमा आज ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०१ वटाको बढेको छ भने १३६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                 

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी र मञ्जुश्री फाइनान्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारातमक सर्किट लागेको छ ।  

आज चिरख्वा हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.७० प्रतिशतले घटेको छ । सबैभन्दा बढि मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको २३ करोड एक लाख बराबरको कारोबार भएको छ ।