शीर्षकहरू

गणपति लघुवित्तमा कर्मचारी आवश्यकता

गणपति लघुवित्तमा कर्मचारी आवश्यकता

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । तनहुँको शुक्लागण्डकी ४ दुलेगौंडामा कार्यालय रहेको यस संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको हो । 

संस्थाले केही अनुगमन अधिकृत, शाखा प्रबन्धक, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक कर्मचारी आवश्यक परेको जनाएको छ । सूचना प्रकाशित भएको १५ दिनभित्र इच्छुक उम्मेदवारले आवेदन दिन सक्ने कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।