शीर्षकहरू

नेपाल एसबिआई बैंकले मनायो बैंकको ३१औं बार्षिकोत्सव

नेपाल एसबिआई बैंकले मनायो बैंकको ३१औं बार्षिकोत्सव

काठमाडौं । नेपाल एसबिआई बैंकले आइतबार बैंकको ३१औं बार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहां बैंकका सबै कर्मचारीहरुले बैंक प्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धर्ता व्यक्त गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्न पर्नेमा पनि जोड दिएका थिए । त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पडाले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिएका थिए । प्रमूख संचालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद दिएका थिए । 

नेपाल एसबिआई बैंकले हालै सञ्चालनमा आएका २ शाखा, पिडारी चोक, जनकपुर रामपुर बजार, पाल्पा सहित १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२१ एटिएम र १ कर्पोरेट अफिसबाट आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।