शीर्षकहरू

अमेरिकी डलरको मूल्य स्थिर रहँदा अन्य धेरै मुद्राको भाउ बढ्यो

अमेरिकी डलरको मूल्य स्थिर रहँदा अन्य धेरै मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।

विगत तीन दिनदेखि  स्थिर अमेरिकी डलरको मूल्य आज पनि स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा रहेको छ ।

अमेरिकी डलरको मूल्य स्थिर रहादा युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन दिनारसहित धेरैजसो मुद्राको मूल्य बढेको छ ।

आज युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४५ रुपैयाँ १० पैसा रहेको छ । आइतबार युरो एकको खरिददर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा रहेको थियो ।

यसैगरी बेलायती पाउन्ड स्टर्लिङको मूल्य आज एकको खरिददर १७० रुपैयाँ ७३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा कायम भएको छ । आइतबार पाउन्ड एकको खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ २१ पैसा रहेको थियो ।