शीर्षकहरू

आदिशक्ती इन्भेष्टमेण्टको साधारण सभा साउन ११ गते हुने

आदिशक्ती इन्भेष्टमेण्टको साधारण सभा साउन ११ गते हुने

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सम्पूर्ण शेयर बिक्री गर्न आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असार २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा बोलाएको हो ।  

सभा आगामी साउन ११ गते नुवाकोटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभाले कम्पनीको नाममा रहेको माउन्टेन इनर्जी नेपालको सम्पूर्ण शेयर बिक्री गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।   

साथै सभाले कम्पनीको खारेजी गर्ने र सो कार्य गनका लागि लिक्युडेटर नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र लेखा परीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गर्नेछ ।