शीर्षकहरू

नेप्समा ४.६२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्समा ४.६२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ४.६२ अंकले घटेर दुई हजार एक सय दशमलब ३६ दशमलब ३५ विन्दुमा बन्द भएको हो ।        

नेप्सेमा आज ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९५ वटाको बढेको छ भने १४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                 

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य आज ९.६८ प्रतिशतले बढेर प्रतिकित्ता तीन हजार चार सय पुगेको छ । 

आज मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.३९ प्रतिशतले घटेको छ । सबैभन्दा बढि एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको २८ करोड ७० लाख बराबरको कारोबार भएको छ ।