शीर्षकहरू

राकुराले ल्यायो विश्वकै स्वस्थ वर्द्धक, वातावरण मैत्री र दिगो टिब्याग

राकुराले ल्यायो विश्वकै स्वस्थ वर्द्धक, वातावरण मैत्री र दिगो टिब्याग


काठमाडौं । राकुराले  नेक्स्ट जेनरेसन चियाको उत्पादनहरु सार्वजनिक गरेको छ । आज आफ्नो ५ दशकभन्दा बढीको अनुभवमा आधारित रहेर उसले आफ्ना नयाँ उत्पादनहरु सार्वजनिक गरेको हो । जसले नेपालको चिया उद्योगमा नयाँ मापदण्ड स्थापित गर्नुका साथै विश्वमा नेपाली चियालाई नयाँ उचाई दिनेगरीको फड्को मारेको छ।

राकुराले आफ्नो क्रान्तिकारी म्याजिक नटु टि–ब्याग सार्वजनिक गरेको छ जुन विश्वकै पहिलोमध्ये एक अत्याधुनिक ट्यान्डेम एयर–नटेडु प्रविधि प्रयोग गरेर बनाइएको छ। यो नयाँ गैर–ताप सिल (नन् हिट सिल) गरिएको, दुई खण्ड भएको चियाको थैलीको डिजाइनले विश्वकै पहिलोमध्ये एक र नेपालको एकमात्र पूर्ण प्लास्टिक र ग्लू मुक्त टि–ब्याग भएको कम्पनीले बताएको  छ।
 
उक्त प्रविधि र नयाँ अत्याधुनिक, अनब्लिच्ड फिल्टर कागज (जसमा क्लोरिन, एपिक्लोरोहाइड्रिन र अन्य हानीकारक पदार्थहरू (SVHCs) छैनन्) ले नयाँ उत्पादनलाई उत्कृष्ट स्वच्छ स्वादको चिया अनुभव प्रदान गर्दछ र विश्वकै पहिलो OKCOMPOST प्रमाणित, घरमै कम्पोस्ट गर्न मिल्ने चियाको थैली बनाउँछ।
  
म्याजिक नट चियाको थैलीमा विश्वकै पहिलो प्रमाणित जैविक, अनब्लिच्ड धागो जस्ता नवीनताहरू पनि समावेश छन्।  जसले गैर GMOकपास र हानिकारक रसायनहरू नभएको सुनिश्चित गर्दछ । साथै अपडेट गरिएको इजी-होल्ड ट्यागहरू समात्न बढी आरामदायक छन् र फुड ग्रेड कागज र मसीबाट बनेका छन्।
   
चिया उद्योगमा ५ दशकभन्दा बढीको अनुभवमा आधारित, राकुराले पछिल्लो जुस रड्स प्रविधिको विकासका साथ आफ्नो सबै चियाहरुलाई विश्वकै पहिलोमध्ये एक पूर्ण प्राकृतिक तथा प्रमाणित जैविक, चिया इन्फ्युजनहरू मात्र हुने पनि घोषणा गरेको छ।

कम्पनीले २१ नयाँ प्रकारका चियाहरू पनि उत्पादन गरेको छ साथै आफ्नो मौजुदा चियाहरू र मिश्रणहरूमा सुधार गरेको छ ।  जुन विश्वकै सबैभन्दा ठूलो चियाको कलेक्सनमध्ये एक हुने कम्पनीको दावी छ। 

राकुराको टि-ब्यागहरू अब ताजा प्याकहरूमा आउनेछन् । अलग रुपमा बेरिएको, वातावरण मैत्री र खाद्य सुरक्षित फोइल कागजका खामहरू र FSC प्रमाणित दिगो स्रोत प्याकेजिङमा प्याक गरिनेछ, जसले यसलाई यस्तो प्रविधि प्रयोग गर्ने विश्वकै पहिलो चिया कम्पनीहरूमध्ये एक बनाउँछ।

राकुरा अब विश्वका पहिलो खाद्य कम्पनीहरूमध्ये एक बनेको छ जसले जीवाणु र एलर्जेन मुक्त चिया-ब्यागिङ सुविधा दिनका लागि जलवायु–नियन्त्रित अवस्थाअन्तर्गत क्लिन–रूम प्रोटोकलहरू पालना गर्दछ। आफ्नो नेक्स्ट जेनेरेशन ब्लु प्रिन्टको लन्चसँगै, राकुराले सन् २०३० सम्म वा सोभन्दा चाँडै कार्बन र प्लास्टिक तटस्थ बन्ने प्रतिबद्धता पनि जनाएको छ र आफ्नो सापेक्ष ऊर्जा र प्लास्टिक प्रयोग घटाउने प्रक्रिया सुरु गरिसकेको छ।

राकुराका प्रबन्ध निर्देशक नीराज राठी भन्छन्, ‘हामीले नेपालको चिया उद्योगको लागि सधैं नयाँ आयाम खोल्ने इतिहास राखेका छौं, र फेरि पनि नेपालको चियाको लागि नयाँ युगको सुरुवात गरेका छौं । हामीले ड्रईङ बोर्डमा फर्केर, पछिल्ला केही वर्षमा हाम्रो उत्पादन लाइनका हरेक कुराहरुलाई नियालेका छौं र हामीले विश्वमा सर्वोत्तम कसरी दिन सक्छौं भनेर अनुसन्धान गरेका छौं। हामी हाम्रो नयाँ पुस्ताका उत्पादनहरूलाई विश्वकै सबैभन्दा स्वस्थ र वातावरण मैत्री भनेर भन्दैछौ किनभने विश्वमा अरू कुनै चिया उत्पादन छैन जसमा एकै प्याकमा हाम्रा उत्पादनमा भएका सबै नवीनताहरू छन्।’

नयाँ पुस्ताको टि–ब्याग
राकुरा म्याजिक नट टि–ब्याग विश्वकै पहिलो र नेपालको एकमात्र पूर्ण प्लास्टिक र ग्लुमुक्त उत्पादन हो। यो असाधारण टि-ब्याग केवल सफा, आर्द्रता मुक्त हावा र प्रमाणित जैविक अनब्लिच्ड–कपासको धागो प्रयोग गरेर बनाइएको र सिल गरिएको छ ।  त्यो पनि विश्वकै पहिलो ट्यान्डेम एयर नटेड प्रविधि प्रयोग गरेर। यो नवीनतम र नेपालको एकमात्र दोहोरो खण्ड भएको टि-ब्यागले तपाईंले चियाको चुस्कीसँगै हानिकारक प्लास्टिक वा रसायनहरू पिउन नपर्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

पूर्णतया कम्पोस्ट गर्न मिल्ने
वातावरण मैत्री सजिलै समात्न मिल्ने ट्यागहरू साथै ‘ओके कम्पोस्ट’ प्रमाणित, घरमै कम्पोस्ट गर्न मिल्ने, अनब्लिच्ड फिल्टर कागजले यसको नवीन टि–ब्याग कुनै पनि ब्लिचिङ,  हानिकारक तत्वहरु प्रयोग नगरिएको ग्यारेन्टी गर्दछ। यसरी, ग्राहकहरूलाई हानिकारक रसायनहरू खाने वा फोहोर थुपार्ने डर बिना आफ्नो चियाको कपको आनन्द लिन अनुमति दिने कम्पनीको दावी छ । किनकि चिया पिउनेहरुले प्रयोग गरेको टि–ब्यागहरूलाई आफ्नो गमलाका बिरुवा वा घरको बगैंचाको लागि कम्पोस्टमा सजिलै मिसाउन सक्छन्।

अतुलनीय चिया अनुभव
५० वर्षभन्दा बढीको चिया नवीनताको जगमा निर्माण गरिएको, राकुराका नयाँ चियाहरू विश्वकै पहिलो चियाहरूमध्ये हुन् जसले पूर्णतया सबै प्रमाणित जैविक वा सबै प्राकृतिक सामग्रीहरू प्रयोग गरेकाछन् ।  कुनै पनि प्रकारको न्ःइ, विकिरण वा फोहोर बिना। परिणामस्वरुप कुनै पनि प्रकारका कृत्रिम सामग्रीहरू, सुगन्धहरू तथा रंगहरूबिनाको ताजा र उत्कृष्ट स्वादको चिया पिउन पाइने कम्पनीले जनाएको छ । चियाहरूको नयाँ पुस्ताको लाइनअपमा विश्वका सबैभन्दा लोकप्रिय चियाहरूका २१ नयाँ प्रकारहरू समावेश छन् । साथै मौजुदा चियाहरूमा उल्लेखनीय सुधार गरिएको छ। कुल ९० प्रकारका चियाहरूका साथ, राकुराको चिया संग्रह विश्वकै सबैभन्दा ठूलोमध्ये एक बनेको छ।

उद्योग अग्रणी वातावरण मैत्री प्याकेजिङ
कम्पनीले आफ्नो नयाँ पिडीका उत्पादनहरूबाट सुरु गरेर सबै राकुरा उत्पादनहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन गरिएका छन्। राकुरा टि–ब्यागहरू अब छुट्टा छुट्टै रूपमा यसको ताजा प्याकहरूमा बेरिएर आउँछन्। 

राकुरा चियाहरू दिगो स्रोत ँक्ऋ प्रमाणित प्याकेजिङमा प्याक गरिनेछ, जसले राकुरालाई विश्वकै पहिलो खाद्य कम्पनीमध्ये एक र नेपालको एकमात्र कम्पनी बनाउँछ। आफ्नो खाद्य र वातावरण मापदण्डहरूको अतिरिक्त जलवायु(नियन्त्रित अवस्थाहरू अन्तर्गत क्लिन–रूम प्रोटोकलहरू पालना गरेको छ। राकुरा विश्वका पहिलो खाद्य कम्पनीहरुमध्ये एक बन्नुको अर्को कारणमा सन् २०३० सम्म वा त्यो भन्दा पनि चाँडै कार्बन र प्लास्टिक तटस्थ बन्ने प्रतिबद्धता समेत कम्पनीले गरेको छ। जसले पूर्ण वातावरण मैत्रीको आफ्नो लक्ष्यलाई अगाडि बढाउँछ।

मूल्य र उपलब्धता
राकुरा नेक्स्ट जेनेरेशन चियाको थैलीहरू क्लासिक, प्रिमियम, प्राकृतिक चिया र जडीबुटी इन्फ्युजन्स साथै सेलेक्सन श्रेणीहरूमा उपलब्ध हुने कम्पनीले बताइएको छ। जसको मूल्य भेरियन्टको आधारमा प्रति प्याकेट १७९ देखि २७९ रुपैयाँसम्म हुनेछ। यी चियाहरू आउँदो हप्तादेखि काठमाडौंका सबै प्रमुख पसलहरू, मार्टहरू र सुपरमार्केटहरूमा खरिदको लागि उपलब्ध हुनेछन् र एक महिनाभित्र देशभर उपलब्ध हुन्छ। अनलाइन उपलब्धता आउँदो महिनाहरूमा सुरु हुने छ।

राकुराको बारेमा

सन् १९७३ मा स्थापित राकुरा समूह नेपालमा चियाको सबैभन्दा पुरानो निर्यातकर्ताका रुपमा चिनिन्छ। अग्रणी उत्पादक राकुराले राम्रो चिया र प्रस्तुतिका लागि पनि ख्याति कमाएको छ। यस समूह सधैं नेपाली चिया उद्योगमा प्रगतिको अग्रणी रहेको छ र सधैं नयाँ आयाम सिर्जना गरेको छ, चाहे त्यो देशको पहिलो चिया निर्यात गरेर होस् वा इलाममा नेपालको पहिलो निजी कारखाना निर्माण गरेर होस् वा नेपालको पहिलो उन्नत अनलाइन ऋत्ऋ चिया कारखाना सुरु गरेर होस् वा आफ्नो विशेषज्ञतालाई उत्कृष्ट चिया, मापदण्ड र अत्याधुनिक प्रविधिसँग मिलाएर नेपालको पहिलो अन्तर्राष्ट्रिय चिया ब्रान्ड स्थापना गरेर होस्।

राकुराले निरन्तर रूपमा विश्वभर हिमालयन चियाहरूको लागि वास्तविक जागरूकता विकास र प्रवर्द्धन गर्ने काम गरिरहेको छ। साथै समुदाय, उद्योग तथा समग्र देशलाई योगदान गर्ने किसिमले उचित मूल्य आर्जन गरिरहेको छ जसबाट चक्रीय रुपमा देश विकासमै दीगो सहयोग पुर्याइरहेको छ।