शीर्षकहरू

आजको लागि विदेशी मुद्राको विनियमदर

आजको लागि विदेशी मुद्राको विनियमदर

 काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ३० पैसा र बिक्रीदर १३३ रूपैयाँ ९० पैसा पुगेको छ । 

युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ०० पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७० रुपैयाँ ९६ पैसा रहेको छ भने विक्रीदर १७१ रुपैयाँ ७३ पैसा रहेको छ । 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७२ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ २८ पैसा र बिक्रीमा ८ रूपैयाँ ३२ पैसा रहेको छ । 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३१ पैसा र बिक्रीदर २८ रूपैयाँ ४३ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ४३७ रूपैयाँ ५८ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५५ रूपैयाँ २१ पैसा तोकिएको छ ।