शीर्षकहरू

कामको बोझले दिक्क भएर रोबोटले आत्महत्या गर्‍यो

कामको बोझले दिक्क भएर रोबोटले आत्महत्या गर्‍यो

एजेन्सी । दक्षिण कोरियामा कामको बोझका कारण विश्वमै पहिलो पटक रोबोटले आत्महत्या गरेको छ । सरकारी कामकाजमा सक्रिय उक्त रोबोटले अचानक आफ्नो कार्यालयको सिँढीबाट तल हाम फालेर आत्महत्या गरेको हो ।

हाम फाले लगत्तै रोबोट केही मेकानिकल टुक्रामा परिणत भयो । गुमी सिटी काउन्सिलमा उक्त रोबोटले हरेक दिन बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म काम गर्थ्यो ।

डेली मेलको रिपोर्टका अनुसार रहस्यमय परिस्थितिमा गुमी सिटी काउन्सिलको सिँढीमुनि रोबोटका टुक्राहरू छरिएको अवस्थामा फेला परेको थिए ।

उक्त रोबोटलाई २०२३ अक्टोबरदेखि त्यहाँ काम लगाइएको थियो । भवनका सबै तलामा उसले काम गर्थ्यो । अहिले रोबोटले आत्महत्या गरेको खबर सामाजिक सञ्जालमा भाइरल छ ।

केहीले कामको ओभलोड भएकाले तथा केहीले बिदा समेत नदिई निरन्तर काम गराएकाले उक्त घटना भएको बताइरहेका छन् ।

आत्महत्या गर्नुअघि रोबोटले एकै ठाउँमा घुमेको प्रत्यक्षदर्शीले बताएका छन् । अनुसन्धान एजेन्सीले रोबोट माथिबाट खसेको कारणबारे अनुसन्धान गरिरहेको छ । क्यालिफोर्नियाको स्टार्टअप ‘बियर रोबोटिक्स’ जसले यो ‘रोबोटिक असिस्टेन्ट’ बनाएको छ, त्यसले पनि यसका टुक्राहरूको परीक्षण गरिरहेको छ ।