शीर्षकहरू

वान बाइ मेटलाइफ एपलाई इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुईवटा अवार्डद्वारा सम्मान

वान बाइ मेटलाइफ एपलाई इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुईवटा अवार्डद्वारा सम्मान

सिंगापुर ।  मेटलाइफ नेपालको सर्वश्रेष्ठ वान बाइ मेटलाइफ एपद्वारा हिजो सिंगापुरमा आयोजित नवौं इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुई प्रतिष्ठित अवार्ड जितेको छ । यस एपलाई दुई उच्च प्रतिस्पर्धात्मक विधाः डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर–नेपाल र मार्केटिङ इनिसिएटिभ अफ द इयर–नेपालमा सम्मानित गरिएको थियो । यी अवार्डहरूले मेटलाइफको नेपालमा नवप्रवर्तन, ग्राहक केन्द्रित सेवाहरू र मार्केटिङ उत्कृष्टताप्रति प्रतिबद्धता झल्काएका छन् ।

कार्यक्रममा अवार्ड ग्रहण गर्न, मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ, मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारी र मेटलाइफको क्षेत्रीय टोलीका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । इन्स्योरेन्स एसिया अवार्डले नवीन उत्पादन, सेवा र समाधानहरू मार्फत आफ्ना ग्राहकहरूमा महत्त्वपूर्ण प्रभाव पार्ने बीमा कम्पनीहरूलाई सम्मान गर्दै आएको छ । यस वर्षको जूरी सदस्यहरूको प्यानलमा एसिया प्यासिफिक क्षेत्रका विभिन्न कम्पनीहरूका उद्योग विशेषज्ञहरू समावेश थिए ।

मेटलाइफ नेपालका महाप्रबन्धक, निर्मलकाजी श्रेष्ठले भने, “वान बाइ मेटलाइफले प्रयोगकर्ताहरूलाई स्वस्थ जीवनयापन गर्न मद्दत गरेर, र उनीहरूलाई आवश्यक परेको बेला स्वास्थ्य सेवा र स्रोतहरूमा पहुँच प्रदान गरेर विश्वास र संलग्नता जितेको छ । एपले प्रयोगकर्ताहरूलाई आफ्नो बीमा कभरेज अनलाइन व्यवस्थापन गर्न सजिलो र सुविधाजनक बनाउँछ । यस सम्मानले हाम्रा ग्राहकहरूको भविष्य सुरक्षित गर्नका लागि राम्रो समाधानहरू प्रदान गर्ने हाम्रो अभियानलाई अझ उत्प्रेरित गरेको छ ।“

सेप्टेम्बर २०२३ मा लन्च गरिएको वान बाइ मेटलाइफले, प्रयोगकर्ता–मैत्री प्लेटफर्ममा बीमा र उच्च–गुणस्तरका स्वास्थ्य सेवाहरूलाई निर्बाध रूपमा एकीकृत गरेकोमा डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर – नेपाल अवार्ड जितेको छ । यस एपले नेपालमा पहिलो पटक व्यापक ३६०हेल्थ सेवाहरू प्रदान गर्दै आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सेवा प्रयोगमा सहजीकरण गरेको छ । एपको अद्वितीय विशेषता भनेको यसको एआई–संचालित स्वास्थ्य मूल्याङ्कन उपकरण हो, जसले अनुहारको स्क्यानद्वारा व्यक्तिगत स्वास्थ्य सम्बन्धि रिपोर्ट प्रदान गर्दछ जसले यसलाई बजारमा अतुलनीय सेवाको रूपमा भिन्न गरेको छ । 

मेटलाइफ नेपालले एपको सुरुवात सम्बन्धि गरेको एकीकृत मार्केटिङ अभियानले मार्केटिङ इनिसिएटिभ अफ द इयर – नेपाल अवार्ड जितेको छ । यस अभियानले नेपाली बजारमा एपलाई व्यापक रूपमा अपनाउन र मान्यता प्राप्त गर्न परम्परागत र डिजिटल मार्केटिङ उपकरणको प्रयोग गरेको थियो । एपको लोकप्रियता बढ्ने क्रममा, यस एपले १,५०,००० भन्दा बढी डाउनलोड र ४५,००० दर्ताका साथ गुगल प्ले स्टोर र आईओएस एप स्टोर दुबैमा ४ भन्दा बढी रेटिङ र गुगल प्ले स्टोरमा नेपालको ९औं सबैभन्दा लोकप्रिय वित्तीय सेवा एपको गौरव प्राप्त गरेको थियो ।