शीर्षकहरू

आशा लघुवित्तको २ लाख ३८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

आशा लघुवित्तको २ लाख ३८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ३८ हजार ७५८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान सस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेपछि यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्ने गरी विक्रीमा ल्याएको हो । प्रतिकित्ता २९९ रूपैयाँ अंकित मूल्यमा यी शेयर विक्रीमा ल्याएको हो । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी सात दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ । तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा, १३, साँगा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । 

कम्पनीले नेपाल इन्भेष्टमेण्ट प्रालिको नाममा रहेको २ लाख २३ हजार १७२ कित्ता, प्रभु ग्रुप प्रालिको ११ हजार ४२९ कित्ता र तारा कुमारी भट्टचनको नाममा रहेको ४ हजार १५७ कित्ता संस्थापक शेयर यस अघि गत कात्तिक २३ गते विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गरेको थियो ।