शीर्षकहरू

नेक्सजेन म्यानेजमेन्ट र आर्कबो टेक्नोलोजिजबीच व्यापारिक साझेदारी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट र आर्कबो टेक्नोलोजिजबीच व्यापारिक साझेदारी सम्झौता

काठमाडौं ।  नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि र आर्कबो टेक्नोलोजिज प्रालिबीच व्यापारिक साझेदारीसम्बन्धी सम्झौता भएको छ।

नेक्सजेन म्यानेजमेन्टको मैतिदेवीस्थित कर्पोरेट कार्यालयमा दुई कम्पनीबीच सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र आर्कबो टेक्नोलोजिजको तर्फबाट संस्थापक/सञ्चालक भुषण गिरिले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आर्कबो टेक्नोलोजिजको व्यापारिक साझेदारको रूपमा नेक्सजेन म्यानेजमेन्टले काम गर्नेछ। यस सम्झौताले नेपाली बजारमा नवीन प्रविधि र उच्चस्तरीय सेवाहरूको पहुँच बढाउने कम्पनीको विश्वास छ ।

सम्झौताअनुसार नेक्सजेन म्यानेजमेन्टले अब नेपालभर आर्कबो टेक्नोलोजिजको सूचना प्रविधिसम्बन्धी उत्पादनलाई बढाउन रणनीतिक सहयोग गर्नेछ ।