शीर्षकहरू

सञ्चालनमा आयो भैरहवाको एकीकृत चेकजाँच बिन्दु

सञ्चालनमा आयो भैरहवाको एकीकृत चेकजाँच बिन्दु

भैरहवा । रुपन्देही जिल्लाको भैरहवामा एकीकृत चेकजाँच बिन्दु समुद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमका बीच गृहमन्त्रालयका सचिव एकनारायण अर्यालले उक्त चेकजाँच बिन्दुको समुद्घाटन गरेका हुन् ।

भन्सार बिन्दु चेकजाँच मेसिनको उद्घाटन गर्न भैरहवा आएका गृहसचिव अर्यालले खुला सिमाना व्यवस्थित गर्न नसक्दा सिमावर्ती क्षेत्रमा समस्या भएको बताउँदै गृहमन्त्रालयले सुधारमा लाग्ने लाग्ने बताए ।

निरन्तर रुपमा सिमाका समस्या समाधान गर्न लाग्ने बताउँदै राजश्व चुहावट, ट्राफिक व्यवस्थापन, भन्सारका समस्या समाधान गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।

उनले कानुनी बाधा अड्चनले निजी क्षेत्रमा समस्या आउने गरेको बताउँदै नेपाल २०२०/२२ सालको कानुनलाई अहिले समय र परिस्थिति अनुसार संशोधन गर्नु पर्ने अहिलेको अपरिहार्यता रहेको बताए । उनले नेपालका लागि भारतीय पर्यटक मुख्य रहेको बताउँदै सिमा क्षेत्रबाट २५ हजार भन्दा बढी बोक्न नपाइने नियमालाई संशोधन गर्न पहले गर्ने बताए ।

यस्तै रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाल भारत सिमा क्षेत्रमा सुरक्षा जडित मेशिनबाट सुरक्षाको प्रत्याभूति हुने बताउँदै भारतबाट नेपाल प्रवेश गर्ने पर्यटक तथा यात्रुलाई एक ठाउँमा चेक भएपछि जिल्लाभरि कहीँकतै नहुने बताए ।

सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले भैरहवा क्षेत्रका स्थानीयले उठाउँदै आएको पर्यटनमैत्री विषय १३,१४ वर्षपछि पूरा भएको बताउँदै पर्यटकका लागि सुविधा थप गर्न गृहसचिव अर्यालसँग आग्रह गरे ।

पश्चमाञ्चल सार्वजनिक यातायात प्रालिका अध्यक्ष दधि खरेलले यात्रुको झोला चालक र सहचालकले चेक गर्ने अधिकार नहुने बताउँदै कहिले काहीँ गाडीमा अबैध सामान फेला पर्दा यातायात व्यवसायी अनायासै समस्या खेपनु परेको बताए ।

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सिपी श्रेष्ठले भारतीय पर्यटनले नेपाल भ्रमणमा आउँदा ल्याएको पैसा अवैध भन्दै पक्राउ गरेर मुद्धा चलाउने प्रवृत्तिले पर्यटन व्यवसाय संकटमा परेको बताए ।

भन्सार परिसरमा राखिएको एक्सरे मेसिन, भन्सार र गाडी चेकजाँच, राजश्व चेकजाँच एकै ठाउँमा हुने भएपछि अब बेहीयाबाट नेपाल प्रवेश गरेका गाडी रुन्देही जिल्ला भरी कतै चेक नहुने भएका छन् । भन्सार, रुटप्रमिट, ट्राफिक चेकिङ् सबै एकै ठाउँमा हुने भएको छ ।