काठमाडौं । अघिल्लो साताको सोमबारबाट निरन्तर बढ्दै गई गत सोमबार सामान्य करेक्सन देखिएको शेयर बजारले उकालो यात्रा जारी राखेको छ ।
बुधबार नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार १५.७९ अंकले बढेको नेप्से बुधबार २३.२५ अंकले बढी दुई हजार १७५.४० बिन्दुमा बजार बन्द भएको छ ।
आज कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँको १ करोड ५२ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।
आजको कारोबारमा १० दशमलव २५ प्रतिशत एसबिएल डिबेञ्चर–२०८३ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको रु १५ करोड आठ लाख ९९ हजार आठ सय ५९ बराबरको शेयर कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी उन्नति कोषको दश लाख सात हजार तीन सय ५० कित्ता शेयर किनबेच भएको छ ।