शीर्षकहरू

रिलायन्स स्पिनिङ मिलको आईपीओको मिति सर्यो

रिलायन्स स्पिनिङ मिलको आईपीओको मिति सर्यो

काठमाडौं । भोलिदेखि निष्कासन हुने मिती तय भएको रिलायन्स स्पिनिङ मिलको आईपीओ हाललाई रोक्ने तयारी भएको छ। रिलायन्सको वित्तीय विवरणमाथि सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि नेपाल धितोपत्र बोर्ड सेबोनले हाललाई रोक्ने तयारी गरेको हो। 

सेबोनका प्रवक्ता डा. नवराज अधिकारीले सार्वजनिक लेखा समितिलाई जवाफ पठाएपछि मात्र कम्पनीको आईपीओ निष्कासन अघि बढाउने विषयमा छलफल भैरहेको जानकारी दिए । आजै निष्कर्ष निकाल्ने गरि बोर्डमा छलफल भैरहेको भनाई डा अधिकारीको छ। यता कम्पनीले भने आफूहरुलाई औपचारिक पत्र नआइसकेकाले अनपौचारिक रुपमा आएको सूचनालाई आधार मान्दै केहि समयलाई स्थगन गर्ने निर्णय भएको छ ।