काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा रेमिट्यान्स (विप्रेषण) आप्रवाह १९.३ प्रतिशतले बढेको छ । वृद्धिसँगै समीक्षा अवधिमा रेमिट्यान्स १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । हाल अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ गरी ६ लाख ८५ हजार ६४१ जना रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो
संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई रु.१४४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।