शीर्षकहरू

‘वुमन ईन कन्सर्ट ट्यालेन्ट अवार्ड’ गुरुङलाई, पाइन् टीभीएस एन्टर्कसहित एक लाख रुपैयाँ

‘वुमन ईन कन्सर्ट ट्यालेन्ट अवार्ड’ गुरुङलाई, पाइन् टीभीएस एन्टर्कसहित एक लाख रुपैयाँ

काठमाडौं । टीभीएस एनटर्क ‘वुमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को अवार्ड  प्रजिना गुरुङलाई प्रदान गरिएको छ । उनलाई टीभीएस एनटर्क १२५ सँगै नगद रु १ लाख रुपैयाँले सम्मान गरिएको छ ।

निर्भया फाउण्डेसनले आयोजना गरेको उक्त अवार्ड कार्यक्रमको उद्देश्य महिला गायिका तथा संगीतकारहरुलाई सशक्त बनाउनु हो । अवार्ड प्राप्त गरेसँगै गुरुङले उक्त कार्यक्रमसँग दुई गीत र एक म्युजिक भिडियोसहित एक वर्षका लागि सम्झौता गरेकी छन् । 

उक्त प्रतियोगितामा रिदम राईले फस्ट रनर अप र सुजिता डंगोल सेकेन्ड रनर अप बनेका छन् । काठमाडौं वर्ल्ड स्कुलमा आयोजित प्रतियोगिताको फिनालेमा एक हजारभन्दा बढीको सहभागिता थियो ।

वुमन इन कन्सर्ट सन् २००३ मा चर्चित गायिका अभया सुब्बाले स्थापना गरेकी हुन् ।