शीर्षकहरू

बीमा कम्पनीको चुक्तापुँजी पुर्याउने समय फेरि थपियो, नयाँ कम्पनी आउने चर्चा शुरु !

बीमा कम्पनीको चुक्तापुँजी पुर्याउने समय फेरि थपियो, नयाँ कम्पनी आउने चर्चा शुरु !

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि गर्ने समय थप गर्ने प्राधिकरणको निर्णय गरेको छ । बुधबार प्राधिकरणले असार मसान्तसम्म पुँजी पुर्याउन नसकेका  कम्पनीहरुलाई समयअवधि थप गर्ने निर्णय गरेको हा् । प्राधिकरणले चुक्तापुँजी नपुर्याएका बीमा कम्पनीहरुलाई यहि असार मसान्तसम्म पुँजी पुर्याउन निर्देशन दिएको थियो ।

 प्राधिकरणले आगामी पुसमसान्तसम्मका लागि पुँजी नपुगेका कम्पनीको समय थप गर्ने निर्णय गरेको छ । प्राधिकरणले जीवन बीमाको हकमा पाँच अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको हकमा दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी हुन पर्ने व्यवस्था गरेको थियो।

प्राधिकरणले पटक पटक समय थप गर्ने र अहिले दिए झै ठूलो मात्रामा राइट शेयर दिएको भए मर्ज भएर बिलय भएका सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुले चुक्ता पुँजी पुर्याउथे भनेर बीमा क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन् । प्राधिकरण स्रोतका अनुसार एक जीवन र एक निर्जीवन कम्पनीको नयाँ लाइसेन्सका लागि ठूलै राजनीतिक लविंग समेत भइरहेको बुझिएको छ ।