शीर्षकहरू

ट्रम्पलाई गोली हान्ने आक्रमणकारी तत्काल मारिए : अमेरिकी गुप्तचर

ट्रम्पलाई गोली हान्ने आक्रमणकारी तत्काल मारिए : अमेरिकी गुप्तचर

काठमाडौं । अमेरिकी गुप्तर सेवाले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्ने आक्रमणकारी तत्काल मारिएको बताएको छ । अमेरिकाको समयअनुसार शनिबार साँझ पेन्सिलभेनियाको बटलरमा चुनावी र्‍यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो ।

गोप्य सेवा एजेन्टहरू तुरुन्तै ट्रम्पलाई कभर गर्न आइपुगेका थिए । एजेन्टहरूले ट्रम्पलाई उभिन मद्दत गर्दा ट्रम्पको अनुहार र कानमा रगत देखिएको थियो । यस क्रममा ट्रम्पले आफ्नो मुट्ठी समातेर हावामा हल्लाए । यसपछि गोप्य एजेन्टहरूले ट्रम्पलाई स्टेजबाट हटाए, कारमा राखेर त्यहाँबाट लगेका ।

गुप्तचर सेवाले विज्ञप्ति जारी गर्दै आक्रमणकारीले र्‍यालीस्थलभन्दा बाहिर उच्च स्थानबाट धेरै राउन्ड गोली चलाएको  र गुप्तचर सेवाका कर्मचारीले आक्रमणकारीलाई असफल बनाएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'पेन्सिल्भेनियामा जुलाई १३ साँझ ६:१५ बजे चुनावी र्‍यालीका क्रममा एक संदिग्धले कार्यक्रमस्थल बाहिरको एक उच्च स्थानबाट मञ्चतर्फ धेरैवटा गोली चलाए । अमेरिकी गुप्तचर सेवाका कर्मचारीले आक्रमणकारीलाई असफल बनाए, जो तत्काल मारिए।'

विज्ञप्तिमा अमेरिकी सुरक्षा सेवाले तुरुन्तै सुरक्षात्मक उपाय अपनाउँदा पूर्व राष्ट्रपति ट्रम्प सुरक्षित भएको बताइएको छ ।

यद्यपि, ती आक्रमणकारी को थिए र किन गोली चलाए भन्ने खुलेको छैन ।

दुर्घटनाका सम्बन्धमा ट्रम्पले आफूलाई दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, 'मैले काननजिकै सनसनी महसुस गरें, जसले मलाई तुरुन्तै केही गलत भएको महसुस भयो । त्यहाँ धेरै रगत बगिरहेको थियो, त्यसपछि मैले के भइएको हो भनेर बुझें ।'