शीर्षकहरू

सोमबार लाभांश पारित गर्दै नागरिक लगानी कोष

सोमबार लाभांश पारित गर्दै नागरिक लगानी कोष

काठमाडौं । नागरिक लगानी कोषले चालू आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते गत आर्थिक वर्षको लाभांश पारित गर्दैछ । कम्पनीले २९औं वार्षिक साधारण सभा आयोजना गर्दै प्रस्तावित लाभांशलाई अन्तिम रुप दिन लागेको हो । 

असार ९ गते बसेको कोषको सञ्चालक समिति बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै प्रस्तावित १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

२९औं वार्षिक साधारण सभा प्रयोजनका लागि कोषले असार २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । कम्पनीले यस वर्ष गतब वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।