शीर्षकहरू

श्रम बैंकमार्फत् काठमाडौं महानगरले दियो ९१२ जनालाई रोजगारी

श्रम बैंकमार्फत् काठमाडौं महानगरले दियो ९१२ जनालाई रोजगारी

काठमाडौं । काठमाडौं महानगरले श्रम बैंकमार्फत् ९१२ जनालाई रोजगारी दिएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको जानकारी दिए ।

महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाइ कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्य लिएको छ । यसको सुरूवात भएको आर्थिक वर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत दुई हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत एक हजार ४६७ जना र अनलाइनमार्फत दुई हजार गरी छ हजार २२ जनालाई तालिम दिइएको उनले बताएका छन् ।

यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ जनाले रोजगारी पाएका हुन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको  छ ।

महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु  रोजगार र स्वरोजगार भएको प्रमुख शाहले बताएका छन् ।