काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले हरित ऊर्जा वित्त विज्ञका लागि जागिर खुलाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै हरित ऊर्जा वित्त क्षेत्रका लागि एक जना विज्ञ मागेको हो ।
बैंकले सीमित अवधिका लागि करारमा कर्मचारी माग गरेको हो । इच्छुकले असार १७ गतेसम्म आवेदन दिन आह्वान गर्दै करार अवधि २०२४ सेप्टेम्बर ३० सम्म रहने बताएको छ । परियोजनाको आवश्यकता अनुसार सम्झौता नवीकरण पनि गर्न सकिने सूचनामा उल्लेख छ ।
बैंकले तोकेको दरखास्त फाराममा भर्नुपर्ने सम्पूर्ण विवरणहरू भरी सो साथ आफ्नो नेपाली नागरिकता र दरखास्त दिने पदका लागि तोकिएको शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरू र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा टाँस गरी बैंकको मानव संसाधन विभागमा तथा यस बैंकको इमले आईडी [email protected] मा मेल गर्न सकिने बताइएको छ ।
ऊर्जासम्बन्धित विषयमा इन्जिनियरिङ, व्यवस्थापन, अर्थशास्त्रमा स्नातकोत्तर, कम्तिमा ३ वर्षको कार्यअनुभव त्यसमा पनि २ वर्ष औद्योगिक सेटिङमा ऊर्जा दक्षताका रूपमा काम गरेको इच्छुक व्यक्तिले आवेदन दिनसक्ने बताइएको छ । ऊर्जा लेखापरीक्षण, ऊर्जा व्यवस्थापन र ऊर्जा वित्तपोषणका अनुभवीलाई विशेष प्राथमिकता दिइने बैंकले जनाएको छ ।