एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक वर्ष २०२४–२५ को लागि भारतको जीडीपी वृद्धि अनुमान ०.२० प्रतिशतले ७ प्रतिशतमा बढाएको थियो। आर्थिक वर्ष २०२५–२६ को जीडीपी अनुमान ६.५ प्रतिशत रहेको थियो। यसअघि गत अप्रिलमा पनि आईएमएफले आर्थिक वर्ष २०१६ को लागि यस्तै अनुमान गरेको थियो ।
आईएमएफले आफ्नो वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनमा यस वर्ष भारतको वृद्धि प्रक्षेपण ७.० प्रतिशतमा परिमार्जन गरिएको जनाएको छ । निजी उपभोगको राम्रो सम्भावनाका कारण यो गरिएको आइएमएफले जनाएको छ ।