शीर्षकहरू

सामसङ ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६ सार्वजनिक, मूल्य कति ?

सामसङ ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६ सार्वजनिक, मूल्य कति ?

काठमाडौं । सामसङ नेपालले दुई फोना सर्वाजनिक गरेको छ । बुधबार काठमाडौंको मेरियट होटेलमा आयोजित पत्रकार सम्मेलनमा आधिकारिक रूपमा ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर सुरु भएको घोषणा गरेको हो ।     

कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक श्री प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सिरिजको अनावरण गरेका थिए ।

फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको छ । फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर, हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अन्लक गर्न सशक्त बनाने कम्पनीले जनाएको छ । 

ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६, ग्यालेक्सी जेड सिरिजका अहिले सम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन्, र सिधा एड्जहरूसँग पूर्ण रूपमा सममित डिजाइनका साथ आउँछन् । ग्यालेक्सी जेड फोल्ड ६ले नयाँ कभर स्क्रिन अनुपातको साथ अझै प्राकृतिक बार–टाइप भीउइंग एक्सपिरिएन्स प्रदान गर्दछ । 

ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–बुक गर्न सकिने भएको छ । प्रि–अर्डर अफरहरू साउन २ गतेदेखि १५ गतेसम्म मान्य रहने छन् । ग्यालेक्सी जेड फ्लिप६ (१२+२५६ जीबी)को एक लाख ५४ हजार ९९९ रुपैयाँ, ग्यालेक्सी जेड फोल्ड६ (१२+२५६ जीबी)को २ लाख ३४ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी जेड फोल्ड६ (१२+५१२ जीबी)को २ लाख ४९ हजार ९९९ रुपैयाँ रहेको छ ।