शीर्षकहरू

‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’ समस्या केहि दिनमा टुंग्याउन पर्छ : मन्त्री खड्का

‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’ समस्या केहि दिनमा टुंग्याउन पर्छ : मन्त्री खड्का

काठमाडौं ।  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’ विद्युत भुक्तानी विवाद केहि दिनमा नै टुंग्याउन पर्ने बताएका छन् । आज मन्त्रालयमा भएको व्यवसायी र नेपाल विद्युत प्राधिकरणसँग छलफल गर्दै यस्तो बताएका हुन ।     निजी उद्योगले ‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’ वापतको शुल्क नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगमा विजुली काट्न सुरु गरेपछि भएको विवादलाई समाधान गर्नका लागि मन्त्री खड्काले आज नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुसँग छलफल गरेका हुन । 

छलफलका क्रममा मन्त्री खड्काले ‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’ विद्युत भुक्तानी विवादलाई भोलिसम्म दुबै पक्ष टुंग्याउन लाग्नुपर्ने बताएका थिए । “‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’ विद्युत भुक्तानी विवादलाई व्यवहारिक ढंगले टुंगोमा पु¥याउन समाधानको उपायसहित अगाडि बढ्नुपर्छ,”– मन्त्री खड्काले भने ।
 
छलफलमा मन्त्रालयकी सचिव सरिता दवाडी, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सहसचिव तथा उद्योगी व्यवसायीको सहभागीता रहेको थियो ।