काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, कतारी रियाल र बहराइन दिनारको मूल्य स्थिर रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित अधिकांश मुद्राको मूल्य बढेको छ ।
यसदिन अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४ पैसा कायम भएको छ। डलर विगत तीन दिनयता यही मूल्यमा कारोबार हुँदै आएको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा रहेको छ । हिजो युरो एकको खरिदर १४५ रुपैयाँ ४० पैसा र बिक्रीदर १४६ रुपैयाँ ५ पैसा रहेको थियो ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङको हिजो खरिददर र बिक्रीदर क्रमश: १७३ रुपैयाँ ६ पैसा र १७३ रुपैयाँ ७४ रहेकोमा आज एक पाउन्डको खरिददर र १७४ रुपैयाँ १ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा पुगेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा पुगेको छ । हिजो यसको खरिददर प्रतिडलर ८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा रहेको थियो ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर