शीर्षकहरू

कनेक्ट आईपीएसबाट हुने भुक्तानी अब महँगो भयो

कनेक्ट आईपीएसबाट हुने भुक्तानी अब महँगो भयो

काठमाडौं । नेपाल क्लयरिङ  हाउसको कनेक्ट आईपीएसबाट हुने भुक्तानी अब महगो भएको छ। कनेक्ट आईपीएस भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर(भ्याट)को छूट  नहुने भएपछि कनेक्ट आईपीएसको भुक्तानी सेवा महगो भएको हो। 

साउन १ देखि कनेक्ट आईपीएसबाट लिइने सेवाहरुमा १३ प्रतिशत मुल्य अभिवृद्धि कर लागू हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ। एनसीएचएलका अनुसार आर्थिक वर्ष २०८१र८२ बजेट अनुरुप नेपाल सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक ऐन , २०८१० बमोजिम एनसीएचएलले संचालनमा ल्याएका सम्पूर्ण सेवाहरुमा १३ प्रतिशत भ्याट लाग्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।