शीर्षकहरू

आईपीओ जारी गर्ने तयारीमा मादमे खोला हाइड्रोपावर

आईपीओ जारी गर्ने तयारीमा मादमे खोला हाइड्रोपावर

काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि साउन १७ गते विशेष साधारण सभा बोलाएको छ । असार २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय ज्वागल, ललितपुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने सम्बन्धमा आवश्यक स्वीकृति प्रदान गर्ने र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले कास्की जिल्लामा २४ मेगावाट क्षमताको मादमे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

पछिल्लो समय जलविद्युत कम्पनीहरूले आयोजना निर्माणका लागि आईपीओ र हकप्रद शेयर निष्कासनका लागि प्राथमिकता दिइरहेका छन् । सोही क्रममा मादमे खोला हाइड्रोपावरले समेत सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको हो ।