शीर्षकहरू

घर जाँदा पनि हेलिकप्टर चढेर जान्थे जिबी राई: सांसद दाहाल

घर जाँदा पनि हेलिकप्टर चढेर जान्थे जिबी राई: सांसद दाहाल

काठमाडौं । सांसद लेखनाथ दाहालले गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई घर जाँदा पनि हेलिकप्टर चढेर जाने गरेको बताएका छन् । बिहीबार सहकारी पत्रकारहरुसंग छलफलका क्रममा उनले यस्तो बताएका हुन् । 

सांसद दाहालले भने, ‘सहकारीको बचत ठगी गरी विदेश भागेका गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई घर जाँदा पनि हेलिकप्टर चढेर जान्थे । नेताको जन्मदिनमा केक बोकेर पुग्थे ।’ 

त्यस्तै, उनले हालसम्म समितिको १८ वटा बैठक बसेकामा १३ वटा बैठक सुझाव लिनकै लागि छलफल गरिएको बताए । समस्या आएका सहकारीलाई समाधानका लागि छदेखि आठ महिनासम्मको समय दिनुपर्ने उनको भनाई छ ।