शीर्षकहरू

भिभो वाई २८ नेपाली बजारमा, कति पर्छ मूल्य ?

भिभो वाई २८ नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । नयाँ स्टाइल र पावरको प्रतीक भिभो वाई २८ ले नेपाली बजारमा तुफान ल्याइरहेको छ । १५ दिन अघि मात्रै लन्च गरिएको यो स्मार्टफोन अहिले नै अत्यन्त लोकप्रिय भइसकेको छ । भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइनमार्फत एकैदिन बिक्रीमा आएको भिभो वाई २८ ले यस सेगमेन्टमा निर्विवाद ब्याट्री को बादशाह को रूपमा आफ्नो स्थितिलाई बलियो बनाउँदै पहिले नै लोकप्रियता हासिल गरेको छ । 

आजको युवापुस्ताहरूको गतिशील जीवनशैलीलाई ध्यानमा राखी डिजाइन गरिएको भिभो वाई २८ ले आफ्नो लक्षित दर्शकसंग राम्रो संग समन्वय गरिरहेको छ । यसको स्लिक डिजाइन, शक्तिशाली ६००० एमएएच ब्याट्री र छिटो चार्ज हुने ४४ वाट फ्ल्यास चार्ज प्रविधिले यसलाई ती मानिसहरूको पहिलो रोजाइको स्मार्टफोन बनाएको छ जसले आफ्नो तीव्र गतिमा चल्ने जीवनसँग मेल खाने स्मार्टफोन खोजिरहेका छन् । 

८+८ जीबीको एक्सटेन्डेड र्याम र १२८ जीबी र २५६ जीबीको ठूलो भण्डारण क्षमता विकल्पहरूको साथ भिभो वाई २८ ले निरन्तर मल्टीटास्किंग, ल्याग–फ्री प्रदर्शन, र तपाईंको मनपर्ने एपहरू, फोटोहरू, र भिडियोहरूको लागि पर्याप्त ठाउँ सुनिश्चित गर्दछ ।

भिभो वाई २८ ले धुलो र स्प्ल्यास प्रतिरोधको लागि आई पि ६४ रेटिंगको साथ साथै उल्लेखनीय चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ । जसले १६०० चार्ज साइकल पछि पनि कम्तीमा ८० प्रतिशत क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्दछ । 

५० एमपी एचडी मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेराले औरा स्क्रिन लाइटको साथ कुनै पनि प्रकाश स्थितिमा उत्कृष्ट फोटो र सेल्फीहरू खिच्छ । दुई स्टोरेज भेरियन्ट– ८+१२८ जीबी मात्र २४ हजार ९९९ रुपैयाँमा र ८+२५६ जीबी मात्र २ ६ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछन् ।