शीर्षकहरू

गत आवमा रिटेल पेमेन्ट स्वीचबाट ५७ खर्बको कारोबार

गत आवमा रिटेल पेमेन्ट स्वीचबाट ५७ खर्बको कारोबार

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत ५७ खर्ब रुपैयाँको कारोबार भएको छ । पछिल्लो आवको तुलनामा यस आवमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः४९ प्रतिशत र ३८ प्रतिशतले वृद्धि भएको हो ।

हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुने गरेको छ । सबै जसो कारोबारहरु आपीएस मार्फत सिधै अथवा राउटिङ्ग र राफसाफको लागि प्रयोग हुने क्रमअत्याधिक बृद्धि हुँदै गएको छ । यस अन्तर्गत बैंक/वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग, भुक्तानी सेवा प्रदायकहरुका वालेट लगायतबाट हुने गरेको छ । 

एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्महरु जस्तै बैंक/वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्टआइपिएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेटपे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरु समेत आरपीएसबाट नै प्रोसेसिङ्ग हुने गरेको छ ।