शीर्षकहरू

शिक्षा क्षेत्रमा नेपाल लाइफको लगानी

शिक्षा क्षेत्रमा नेपाल लाइफको लगानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । आइतबार होटल रोयल सिङ्गी काठमाडौँमा सम्पन्न सम्झौतामा यस कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले उक्त सम्भौता पत्रमा हस्ताक्षर गरेका छन ।

 यस कम्पनीले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ लगानी गरी ३५.३२  प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड रुपैयाँ लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व नेपाल लाइफको रहेन सम्झौताम उल्लेख छ ।  

कम्पनीका सञ्चालक समितिका अध्यक्ष  गोबिन्द लाल संघईले नेपाल लाइफले नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधिनमा रही लगानी विविधिकरण गर्ने योजना अनुसार लगानी गरेको बताए । लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताए । शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्र प्रति योगदान पुग्न जाने र यस कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको बताए ।

यस कम्पनीका सञ्चालक समितिका सदस्य एवं लगानी समितिका संयोजक कमलेश कुमार अग्रवालले बीमित ग्राहकहरुबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरुमा लगानी गर्ने अभिप्रायका साथ शिक्षामा लगानी गरिएको कुरा बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जीवन बीमा बजारमा एक चौथाईभन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दु राखेको र यसैको सुरुवात स्वरुप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गरिएको उनले बताए । 

प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको विचार व्यक्त गरे । यो सम्झौता कोसेढुङ्गा सावित हुने र यसले राष्ट्र निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको दावी गरे । 

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले जीवन बीमा क्षेत्रको विश्वासिलो जीवन बीमा कम्पनी र शिक्षा क्षेत्रको ख्याति प्राप्त संस्था एकै ठाउँमा उभिन सहयोग गर्नुहुने सबै ज्ञापन गरेका थिए । यसका साथसाथै जीवन बीमा र शिक्षाको उद्देश्य सुरक्षा र समृद्धि नै हो आगामी दिनमा सुरक्षा र समृद्धिका निम्ति एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रूपान्तरणका लागि काम गर्न पर्नेमा जोड दिए ।