शीर्षकहरू

हायर पर्चेज लोनको सिमा ७५  प्रतिशत बनाउन नाडाको माग

हायर पर्चेज लोनको सिमा ७५  प्रतिशत बनाउन नाडाको माग

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोनमा लोन टू भ्यालू रेसियो ७५ प्रतिशत बनाउन माग गरेको छ नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले केपी शर्मा ओलीसंग भेटगरी यस्तो माग राखेको हो । 

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरुबारे पनि छलफल भएको नाडाले जनाएको छ । उक्त छलफलमा अध्यक्ष चौधरीले विशेषगरी अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन चालु पुजी कर्जा मार्ग दर्शन २०७९ लागु भएपछि लागु भएको मिति भन्दा अगाडि कर्जा लिएकाहरुलाई त्यो व्यवस्था लागु नहुने बताएका छन् । तर, यो लागु भएको मिति पछि कर्जा लिएकाहरुलाई मात्रै चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने बताए ।

 त्यसैगरी सो छलफलमा अध्यक्ष चौधरीले नेपालमा विद्युतीय सवारी साधनहरुको आयात बढदै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ्ग स्टेशनहरुको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतीय सवारी साधनहरुका सम्बन्धमा सरकारले स्थायी प्रकृतीको नीति नियम ल्याउनु पर्ने जिकिर गरे ।  

सोही छलफलको क्रममा अध्यक्ष चौधरीले दुई पाँग्रे सवारी साधनहरुको सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई विल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई विल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्था गर्न माग गरेको छ । नेपालमा आयात भईरहेका दुई पाङग्रे सवारी साधनहरु मध्ये करिब ९८ प्रतिशतभन्दा बढि आयात भारतमा निर्मित दुई पाङग्रे सवारी साधनहरु भएको जनकारी समेत गराइएको थियो । तर, हाल नेपालमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइज भारतमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभई फरक साइजको भएकोले सवारी संचालनको त्रममा अगाडीको सकरमा ठोकिने गरेको गुनासो सुनाएका थिए । 

यसले गर्दा चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको हुँदा इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेट मध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरि दिन समेत नाडाले अनुरोध गरेको छ ।  

यसै क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योगहरुको समस्या र चुनौतीहरु बारे जानकारी दिए । सो छलफलमा  प्रधानमन्त्रीले सवारी साधन, टायरटयूव, व्याट्री तथा लुव्रिकेण्टस उद्योगहरुको वर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो लिएका थिए । उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।