शीर्षकहरू

निर्जीवन बीमामा ४१.१६ अर्बको कारोबार, एक बीमा कम्पनीको चुक्तापुँजीभन्दा कम प्रिमियम

निर्जीवन बीमामा ४१.१६ अर्बको कारोबार, एक बीमा कम्पनीको चुक्तापुँजीभन्दा कम प्रिमियम

काठमाडौं । गत आवमा निर्जीवन बीमामा ४१ अर्ब १६ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । हाल नेपालमा १४ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । गत आवमा उनीहरु सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । 

गत आवमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । समिक्षा बर्षमा उक्त कम्पनीले ५ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । बढी व्यवसाय गर्नेमा दोस्रो नम्बरमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स देखिएको छ । समिक्षा वर्षमा उक्त कम्पनीले ४ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १७ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ । 

तथ्यांक अनुसार गत आवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सीयल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब १४ करोड ११ लाख रुपैयाँ,  युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले २ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५५ करोड २८ लाख रुपैयाँ, दि ओरियन्टलले २ अर्ब १६ करोड १५ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड ४ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स १ अर्ब १९ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

 व्यवसाय चुक्तापुँजी भन्दा पनि कम 
गत आवमा १ निर्जीवन कम्पनीको व्यवसाय चुक्तापुँजीभन्दा पनि कम देखिएको छ । निर्जीवनतर्फ नेपाल इन्स्यारेन्सको व्यवसाय चुक्तापुँजी भन्दा ५ करोड ३८ लाख रुपैयाँ कम देखिएको छ  ।

१ अर्ब ६४ करोड चुक्तापुँजी रहेको उक्त कम्पनीले गत आवमा १ अर्ब ५९ करोड ४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । सामान्यत बीमा कम्पनीले चुक्तापुँजी भन्दा बढी बीमाशुल्क संकलन गर्न राम्रो मानिन्छ । तर, चार कम्पनीको बीमाशुल्क संकलन चुक्तापुँजी भन्दा कम देखिएको  छ ।